काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणका सबै सूचना र अहिलेसम्म भएका सबै निर्णयका माइन्यूटका फोटोकपि निजी क्षेत्रको मोवाइल कम्पनी एनसेलमा पुगेको छ ।
आजको दृष्टि साप्ताहिकमा खबर छ– प्राधिकरणका कम्पनि सचिव कैलास प्रसाद न्यौपाने नै एनसेलमा मासीक चार लाख तलब खानेगरि काम गर्न गइसकेका छन् । प्राधिकरणमा हुँदा पनि एनसेलका एजेन्टका रुपमा काम गर्दै आएका न्यौपानेले केही महिना देखि राजिनामा दिएर एनसेलमा जागिर खान थालेका छन् । न्यौपानेले प्राधिकरणको कम्पनी सचिव भएदेखिका सबै बोर्ड बैठकका माइन्यूटको फोटोकपी गरी लगेको स्रोतले बतायो ।
प्राधिकरणको कम्पनी सचिवका रुपमा काम गर्दैआएका न्यौपाने एनसेलका एजेन्टका रुपमा काम गर्दै आएका उनी हठात् राजीनामा दिएर जानुले पुष्टी गरेको स्रोतले बतायो । नियामक निकायमा लामो समय कम्पनी सचिव भएका न्यौपानेलाई एनसेलले मागेजति सुविधा दिने भएपछि उनले राजीनामा दिएका थिए । राजीनामा दिएका केही समयपछि नै उनी एनसेलमा काम गिर्न थालिसकेका छन् ।
जुन नियामक निकायको उच्चतहमा काम गरिसकेका अधिकारीलाई सोही क्षेत्रको निजी कम्पनीमा जागिर खान कानुनी बन्देज नै लगाउनुपर्ने दूरसंचार प्राधिकरणका एक अधिकारीले बताए ।
Comment