अरुण चौधरीलाई  मंगलबारसम्म छाड्न अदालतको आदेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अरुण चौधरीलाई  मंगलबारसम्म छाड्न अदालतको आदेश



काठमाडौ । जिल्ला अदालत, काठमाडौंले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा निजी स्वामित्वमा लगेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरी लगायत तीनै जनालाई मंगलबारसम्म छाड्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले सोमबार उद्योगी चौधरी, बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई हाजिर जमानीमा छाड्न आदेश दिएको हो।

जिल्ला अदालतका रजिस्टार रामु शर्माले भोलिसम्म अनुसन्धान सम्पन्न गरेर मुद्दा दर्ता गर्नुपर्ने र मुद्दा दर्ता गर्न नसके पनि हाजिर जमानीमा छाडेर अनुसन्धान गर्नुपर्ने आदेश आएको बताए।

प्रकाशित : 5 February, 2024 10:02 pm