चिलिमे हाइड्रोपावर कम्पनीकाे नाफामा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चिलिमे हाइड्रोपावर कम्पनीकाे नाफामा सामान्य गिरावट



काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत बर्षको तुलनामा ५.५१ प्रतिशतले कमी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ४० करोड १२ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

त्यस्तै, यस अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २.०६ प्रतिशतले घटेर ६१ करोड २० लाख ३७ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यस कम्पनीले विद्युत् बिक्रीबाट ६२ करोड ४८ लाख ९४ हजार रुपैयाँ थियो । बिजुली बेचेर कमाएको आम्दानी घटेको कारण यसको खुद नाफा पनि घटेको देखिएको छ । यो कम्पनीले गत वर्षको पुससम्मा ४० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ५६ पैसा घटेर ९ रुपैयाँ ५० पैसामा सीमित भएको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५५.२० गुणा रहेको छ ।

सात अर्ब ९८ करोड रुपैयाँ चुक्ता पूँजी चिलिमेको रिटेन्ड अर्निङ्ग दुई अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित : २२ माघ २०८०, सोमबार १३:०६