रु रु जलविद्युत परियोजनाकाे नाफा १.११ प्रतिशतले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रु रु जलविद्युत परियोजनाकाे नाफा १.११ प्रतिशतले घट्याे



काठमाडौं । रु रु जलविद्युत परियोजनाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत बर्षको तुलनामा १.११ प्रतिशतले घटेको हो।

यस अवधिमा कम्पनीले पाँच करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष कम्पनीले पाँच करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ०.१८ प्रतिशतले घटेर नौं करोड १३ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा भने यसले विद्युत् बिक्रीबाट नौं करोड १५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीले यो त्रैमासम्म नेपाल विद्युत प्राधिकरणबाट अझै सात करोड ५९ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त हुन बाँकी रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।कम्पनीको वित्तीय लागत ६७ लाख रुपैयाँबाट घटेर ४९ लाखमा आएको छ भने प्रशासनिक खर्च ५४ लाख रुपैयाँबाट घटेर ३७ लाख रुपैयाँमा झरेको छ । रु रु जलविद्युतको प्रतिसेयर आम्दानी (वार्षिक) २३.९० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४४.६७ रुपैयाँ छ ।

प्रकाशित : २२ माघ २०८०, सोमबार ११:५५