युनाइटेड इदी मर्दीले ५.७८९ प्रतिशत लाभांश दिने, तोक्यो साधारण सभा मिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

युनाइटेड इदी मर्दीले ५.७८९ प्रतिशत लाभांश दिने, तोक्यो साधारण सभा मिति



काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आर.बि हाइड्रोपावर लिमिटेडले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५.७८९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

जसमध्ये, ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश रहेको छ । उक्त लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । कम्पनीले लाभांश पारित गर्न फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन-१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।

सभा प्रयोजनको लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्नेछ । यसर्थ, फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : २२ माघ २०८०, सोमबार १०:४३