राजश्वका हाकिम फेरिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थतन्त्र

राजश्वका हाकिम फेरिए

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौ । राजश्व सम्बन्धि महत्त्वपूर्ण विभागका हाकिमहरु फेरिएका छन्। अर्थमन्त्री ड़ा प्रकाश शरण महतले शुक्रबार एक मन्त्रिस्तरीय निर्णय गर्दै आन्तरिक राजश्व र अन्तराष्ट्रिय  विमानस्थल भन्सारका हाकिम हेरफेर गरेका हुन्। 

शुक्रबारको मन्त्रिस्तरीय निर्णयअनुसार आन्तरिक राजश्व बिभागमा दीर्घराज मैनालीको ठाउँमा बैंक वित्तीय समन्वय महाशाखामा रहेका भुपाल बराललाई ल्याइएको छ। मैनालीलाई अर्थमन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापनमा सरुवा गरिएको छ। 

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सारका प्रमुख टाेकराज पाण्डेको ठाउँमा भन्सार बिभागका उपमहानिर्देशक सेवन्तक पोखरेललाई ल्याइएको छ। पाण्डेलाई अर्थ मातहतको प्रशासन महाशाखाको जिम्मा दिइएको छ।  

प्रकाशित : २१ माघ २०८०, आइतबार ०९:५६ 4 February, 2024 9:56 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।