युनिक नेपाल लघुवित्तको खुद नाफा ११८.८२ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

युनिक नेपाल लघुवित्तको खुद नाफा ११८.८२ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा युनिक नेपाल लघुवित्तको खुद नाफा ११८.८२ प्रतिशतले बढेको छ । यस अवधिसम्म कम्पनीको नाफा बढेर तीन करोड ३२ लाख २६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले एक करोड ५१ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सञ्चालन आम्दानी १३०.५८ प्रतिशतले बढेर चार करोड ५९ लाख ९७ हजार रुपैयाँ पुगेको छ । यता, खुद ब्याज आम्दानी भने ११.८३ प्रतिशतले घटेर ११ करोड ८१ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १३ करोड ४० लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दनी कमाएको थियो ।

खराब कर्जा पनि आकाशिएको छ । खराब कर्जा २.५५ प्रतिशतले बढेर ९.९२ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ छ । वितरणयोग्य नाफा ७९ लाख १३ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी आठ रुपैयाँ ६३ रुपैयाँले बढेर २२ रुपैयाँ ३६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ३२५ रुपैयाँ ६४ पैसा छ ।

प्रकाशित : १९ माघ २०८०, शुक्रबार १३:११