नेशनल हाइड्रोपावरकाे नाफा २० प्रतिशतले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेशनल हाइड्रोपावरकाे नाफा २० प्रतिशतले बढ्याे



काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा बढेको छ ।

यस अवधिमा कम्पनीले ८८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २० प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको पुससम्म यो कम्पनीले ७३ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

वित्तीय खर्च घट्दा यसको नाफा बढेको हो । ८१ लाख २३ हजार रुपैयाँ रहेको उक्त खर्च यस अवधिसम्म आइपुग्दा ६२ लाख ५३ हजार रुपैयाँ कायम भएको छ । यस हाइड्रोपावरले पुससम्म पाँच करोड ४६ लाख रुपैयाँ बराबरलो विद्युत बिक्री गरेको छ । गत वर्ष पाँच करोड ५८ लाख रुपैयाँको विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।

हाल नेसनलको दुई अर्ब ४६ करोड ७१ लाख ६२ हजार रुपैयाँ बराबरको चुक्ता पुँजी छ । यसको जगेडा कोषमा दुई करोड ६५ लाख जम्मा रहेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी एक रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ८० पैसा छ ।

प्रकाशित : १९ माघ २०८०, शुक्रबार ११:१८