सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट



काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बुधबार बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले गत पुस २५ गतेदेखि माघ १० गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा २ लाख ६७ हजार कित्ता सेयर निष्काशन गरेको थियो।

सो सेयरमा कुल ३३ हजार ८२४ जनाले २१ लाख ३९ हजार २२० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये १४ आवेदन रद्द भएको छ भने ३३ हजार ८१० आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले कम्पनीको सेयर बाँडफाँट गरिएको छ।

आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, सह बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ । यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि हेर्न सकिन्छ ।

प्रकाशित : १७ माघ २०८०, बुधबार १०:४३