एचआइडीसीएलको खुद नाफामा ११.४१ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एचआइडीसीएलको खुद नाफामा ११.४१ प्रतिशतले वृद्धि



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा ११.४१ प्रतिशतले बढेर ७५ करोड २७ लाख ३० हजार रुपैयाँ पुगेको हो ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ६७ करोड ५२ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन आम्दानी १८१.६२ प्रतिशतले बढेर एक करोड २३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । वित्तीय आम्दानी पनि ४.६२ प्रतिशतले बढेर एक अर्ब सात करोड ७५ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष १४ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष दुई करोड ११ लाख ९६ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा एचआइडीसीएलको चुक्ता पुँजी २२ अर्ब ७७ करोड ५७ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

जगेडा कोषमा एक अर्ब ८९ करोड सात लाख ६० हजार रुपैयाँ छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । प्रतिसेयर आम्दानी २६ पैसाले बढेर छ रुपैयाँ ६१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ३० पैसा छ ।

प्रकाशित : १५ माघ २०८०, सोमबार ११:२३