लाइसेन्स छपाइको जिम्मा प्रदेशलाई दिने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अटो

लाइसेन्स छपाइको जिम्मा प्रदेशलाई दिने तयारी



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन। पार्टीको केन्द्रीय स्कुल विभागद्वारा बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको बताएका हुन् ।

यसका लागि सवारी चालक अनुमतिपत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने बताए।

मन्त्री ज्वालाले करिब २९ हजार नक्कली लाइसेन्स खारेज भइसकेको जानकारी दिँदै छापिएका करिब एक लाख नक्कली लाइसेन्स रद्द गर्ने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । नक्कली लाइसेन्सको घोटालामा केहीको संलग्नता देखिएकाहरुको थप अनुसन्धान गरिने उनले बताए।

प्रकाशित : १० माघ २०८०, बुधबार १४:५५