काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा नेपालको ब्यापार घाटा घटेको छ । भन्सार विभागका अनुसार यो अवधिमा २.६२ प्रतिशतले व्यपार घाटा घटेको हो ।
गत वर्ष सोहि अवधिमा सात खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ व्यपार घाटा रहेकोमा चालु आर्थिक वर्षको ब्यापार घाटा छ खर्ब ९३ अर्ब १९ करोड रहेको छ ।
यो अवधिमा वैदैशिक ब्यापार पनि घटेको विभागको तथ्यांकले देखाउँछ । यो अवधिमा वैदेशिक व्यपार ३.४७ प्रतिशतले घटेको हो । यस्तै, आयातमा ३.०७ प्रतिशत र निर्यातमा ७.२३ प्रतिशतले गिरावट आएको तथ्यांकले देखाउँछ ।
यो अवधिमा सात खर्ब ६८ अर्ब १६ करोड रुपैयाँको बस्तु तथा सेवा आयात भएको छ भने ७४ अर्ब ९७ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा निर्यात भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो आयात सात खर्ब ९२ अर्ब ६६ करोड तथा निर्यात ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँ रहेको थियो ।
Comment