एनआईसी एशिया लघुवित्तको अध्यक्षमा पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा पौडेल

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुवर्ण पौडेललाई नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकबाट नै यस संस्थाको नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा हाल सञ्चालक पदमा कार्यरत रहेका सुवर्ण पौडेललाई यस संस्थाको सञ्चालक समितिको अध्यक्षमा चयन गरिएको हो ।

यसका साथै, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा संस्थापक समुहबाट संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आइरहेका सञ्चालक तथा अध्यक्ष सन्तोष कुमार राठीले माघ २ गतेबाट लागु हुने गरी आफ्नो बहाल पदबाट राजिनामा दिएका थिए । यस संस्थाको २०१औँ सञ्चालक समितिको बैठकले माघ २ गते, मंगलबार साँझ ५ः०० बजे बसेको उक्त राजिनामा स्वीकृत गरेको छ ।

अध्यक्ष सुवर्ण पौडेलले व्यवस्थापन विषयमा स्नाकोत्तर तथा हाल एसएमइ फाइनान्सिङमा विद्दावारीधी गरी रहेका छन् । उनीसँग इमर्जिङ्ग नेपाल लिमिटेडमा निमित्त प्रमुख कार्यकारी अधिकृत साथै व्यवसाय परामर्श, लगानी तथा वित्तीय क्षेत्र गरी एक दशक बढीको कार्यानुभव रहेको छ ।

साविकको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र मर्जर पश्चात् हालको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा ५ वर्ष देखि सञ्चालक समितिमा रहि काम गरेको अनुभव समेत रहेको हुँदा उनको नेतृत्वमा संस्थाले नयाँ उचाई हासिल गर्ने संस्थाको विश्वास रहेको छ ।

प्रकाशित : ४ माघ २०८०, बिहिबार १४:४९ 18 January, 2024 2:49 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।