एनसीएचएल मार्फत पुस मसान्तमा ८४ अर्बकाे कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

एनसीएचएल मार्फत पुस मसान्तमा ८४ अर्बकाे कारोबार



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीहरु मार्फत् पुस मसान्तको अन्तिम दिनमा ८४ अर्बभन्दा बढिको भुक्तानी कारोबार फछ्र्यौट गरेको छ । गत वर्षको सोहि दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार संख्याको आधारमा ६० प्रतिशत र रकमको आधारमा ७० प्रतिशतले वृद्धि भएको हो ।

एनसीएचएलका प्रणालीहरुमध्ये एनसीएचएल ईसीसी, एचसीएचएल आईपीएस र आरपीएस मार्फत् क्रमश ४१ अर्ब, १४ अर्ब र २९ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार उक्त एक दिनमा फछ्र्यौट भएको हो ।

विद्युतीय भुक्तानीको स्वीकार्यता सँगै आरपीएस् अन्तर्गत कनेक्टआईपीएस (वेब, एप तथा गेटवे), कर्पोरेट पे बैंक शाखाहरु, मोबाइल बैंकिङ्ग, वालेट तथा एनपीआईसँग जोडिएका विभिन्न च्यानलहरु मार्फत् रियल टाइम भुक्तानीको संख्यामा अधिकतम वृद्धि भएको देखिन्छ । त्यस्तै पुस मसान्तको अन्तिम दिनमा एनसीएचएल आईपीएस र आरपीएस आरपीएसमार्फत् एक अर्ब ६ करोड रुपैयाँ बराबरको राजस्व संकलन तथा ६ अर्ब ८ करोड रुपैयाँ बराबरको सरकारी खर्च सम्बन्धी १ लाख २५ हजारभन्दा बढि भुक्तानी कारोबारहरु भएका छन् ।

सरकारी भुक्तानी सम्बन्धी कारोबारहरु कनेक्ट आईपीएस, कर्पोरेटपे, नेपालपे क्यूआर गेटवे, बैंक शाखाहरु, मोबाइल बैंकिङ्ग तथा वालेट मार्फत गर्न सकिने व्यवस्था रहेको छ ।

प्रकाशित : २ माघ २०८०, मंगलवार १६:३३