काठमाडौं महानगरको १४ औँ नगरसभा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

काठमाडौं महानगरको १४ औँ नगरसभा सुरु



काठमाडौं। काठमाडौं महानगरपालिकाको १४ औं नगरसभा सुरु भएको छ। आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो नगरसभा सुरु भएको हो ।

महानगरपालिकाले नगरसभामार्फत बजेट संशोधन समेत गर्ने तयारी गरेको छ । २५ पुसमा नगर सभा गर्ने महानगरले तयारी गरेपनि नेपाली कांग्रेसका जनप्रतिनिधिको विरोधको कारण रोकिएको थियो ।

महानगरपालिकाको कार्यपालिकाको निर्णय हेरफेर गरेको भन्दै गरेको कर्मचारीको विरोधमा जनप्रतिनिधि, समितिका सभापतिहरु बैठकमा अनुपस्थित हुने अनौपचारिक दबाब पछि महानगरको नगरसभा आइतबारलाई सरेको थियो ।

प्रकाशित : २९ पुष २०८०, आईतवार १३:२४