विद्युतको समस्या समाधान गर्न न्यायिक आयोग गठन गरौं :अध्यक्ष ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विद्युतको समस्या समाधान गर्न न्यायिक आयोग गठन गरौं :अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड र ट्रंक लाइनको विषयमा उद्योगी र विद्युत प्राधिकरणबीचको विवाद तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। अटोमोबाइल एशोसिएसन अफ नेपालको  ४७औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उद्योगी व्यवसायीहरुले प्रमाण भएको खण्डमा महसुल तिर्छौं पनि भन्नु भएको छ उनले भने, `लोडसेडिङ अगाडि र पछाडीको कुरा आएको छ । अर्कातिर ट्रान्समिटर लाइनको विषय पनि छ । यो सबैलाई एकै ठाँउमा राखेर हेरिएको छ ।´

उनले  ४ महिना पहिला प्राधिकरणले उद्योगको लाइन काट्न सूचना निकाल्दा लाइन नकाट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन दिएपछि रोकिएको बताए। 

उनले भने,`हाम्रो भएका निकायबाट समस्याको समाधान हुन सक्छ भने त्यहीँबाट समाधान गरौं । यदी होइन भने एउटा न्यायिक आयोग गठन गरौं । आयोगलाई तीन, चार साताको समय दिऔं र समस्या समाधान गरौं । अहिले विद्युत काटिएका उद्योगमा ८५ हजार मजदुर आश्रित छन् भनिन्छ । यो समस्या समाधान गरेन भने यसले विकराल रुप लिनेछ ।´

प्रकाशित : २० पुष २०८०, शुक्रबार २२:३४