आईपीओ निष्कासनको अनुमति माग्दै तीन कम्पनीले दिए बोर्डमा निवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आईपीओ निष्कासनको अनुमति माग्दै तीन कम्पनीले दिए बोर्डमा निवेदन



काठमाडौं । तीन जलविद्युत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।बोर्डमा विकास हाइड्रोपावर कम्पनी, रिड्जे लाईन इनर्जी र लाफिङ्ग बुद्ध पावर नेपालले निवेदन दिएका हुन्।

यी तीनै वटा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६८ करोड ३५ लाख ७९ हजार ७०० रुपैयाँ बराबरको १ करोड ६८ लाख ३५ हजार ७९७ कित्ता शेयर निष्कासन गर्ने तयारी गरेका छन् ।

विकास हाइड्रोपावर कम्पनीले स्थानीय र सर्वसाधारणका लागि ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ। धितोपत्र निष्कासन तथा ब्रिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

त्यस्तै, रिड्जे लाईन इनर्जीले ५८ लाख ४ हजार २०१ कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । धितोपत्र निष्कासन तथा ब्रिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

यसैगरी,लाफिङ्ग बुद्ध पावर नेपालले ६५ लाख ७७ हजार कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ।

धितोपत्र निष्कासन तथा ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रकाशित : ११ पुष २०८०, बुधबार १४:३१