काठमाडौं सामान ढुवानी व्यवसायी संघको नेतृत्वमा पुष्पराज श्रेष्ठ, को-को छन् कार्यसमितिमा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

काठमाडौं सामान ढुवानी व्यवसायी संघको नेतृत्वमा पुष्पराज श्रेष्ठ, को-को छन् कार्यसमितिमा ?



काठमाडौं । काठमाडौं सामान ढुवानी व्यवसायी सघको अध्यक्षमा पुष्पराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा चयन भएका श्रेष्ठ नेपाल ढुवानी व्यवसायी महासंघका सचिव समेत हुन् । शनिवार काठमाडौंमा सम्पन्न भएको ९ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरिएको हो।

अध्यक्षमा पुष्पराज श्रेष्ठ चयन हुँदा संघको उपाध्यक्षमा चन्द्रबहादुर नेवार ,सचिवमा रामबहादुर सापकोटा ,सहसचिवमा विष्णु ज्ञवाली चयन भएका छन् । कोषाध्यक्षमा नगेन्द्र कुराम उप्रेती चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरु वासुदेव दुवाडी , रामचन्द्र तिमिल्सिना ,प्रदीप ढकाल , धन्यञ्जय गडवाल चयन भएका छन् । शनिवार नै नयाँ कार्यसमितिले पद तथा गोपनियताको शपथ समेत लिएका छन् । अध्यक्षमा चयन भएसगै श्रेष्ठले सम्पूर्ण व्यवसायीहरुको हक र हितका लागि दत्तचित्त भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुका साथै आफूलाई विश्वास अध्यक्ष पदमा चयन गर्नुहुने सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद समेत व्यक्त गरे ।

नयाँ कार्यसमितिको अवधि तीन वर्षको हुनेछ । २०७० सालमा काठमाडौं सामान ढुवानी व्यवसायी संघको स्थापना भएको थियो ।

प्रकाशित : ८ पुष २०८०, आईतवार १४:५९