नेपाल राष्ट्र बैंकमा ठूलो संख्यामा कर्मचारी आवश्यकता, पुस २६ गतेसम्म आवेदन दिन पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल राष्ट्र बैंकमा ठूलो संख्यामा कर्मचारी आवश्यकता, पुस २६ गतेसम्म आवेदन दिन पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ।राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितिय श्रेणीको सहायकसम्म गरेर कुल ६७ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो।

शुक्रबार प्रकाशित सूचनामा अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीका लागि ५ जना, वाणिज्य कानुनतर्फ २ जना, सूचना प्रविधितर्फ ६ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

यसैगरी, सहायक द्वितीय श्रेणी अन्तरगत कानूनतर्फ ४ जना र सूचना प्रविधितर्फ ११ जना कर्मचारी माग माग गरिएको छ। इच्छुक योग्य नेपाली नागरिकले पुस २६ गतेसम्म आवेदन दिन पाउने छन् । त्यस्तै दोब्बर दस्तुर तिरेर भने आगामी माघ १० गतेसम्म आवेदन दिन सकिने छ ।

प्रकाशित : 22 December, 2023 11:20 am