शिवम् अर्गनाईजेशनले मोरङमा आरआर इन्टरनेशनल हस्पिटल निर्माण गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

शिवम् अर्गनाईजेशनले मोरङमा आरआर इन्टरनेशनल हस्पिटल निर्माण गर्दै



काठमाडौं । उद्योग वाणिज्य र निर्माण क्षेत्रमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएको शिवम् अर्गनाईजेशनले आरआर इन्टरनेशनल हस्पिटल निर्माण गर्न लागेको छ ।

स्वास्थ्य सेवाको क्षेत्रमा पनि केही योगदान दिने उद्धेष्यले उक्त अर्गनाईजेशनले मोरङ जिल्लाको वुढिगंगा गाँउपालिका( १ मा अस्पताल निमार्ण गर्ने लागेको हो । हाल यसलाई १०० शय्याको मल्टि स्पेस्यालिटी हस्पिटल सञ्चालन गर्ने र क्रमशः ३०० शय्यासम्म विस्तार गर्ने लक्ष्य रहेको बताइको छ ।

जटिल स्वास्थ्य सेवाको निम्ति विदेश र राजधानीका अस्पताल धाउनु पर्ने बाध्यतालाई कम गर्ने उद्धेष्य रहेको पनि अर्गनाईजेशनले बताएको छ ।

अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा इमरजेन्सी सेवा कार्डियाक इमरजेन्सी, क्याथ ल्याब जस्ता सेवा सुविधा उपलब्ध गराउने छ । यसका अतिरिक्त अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना छ ।

अस्पतालको लागत करिब २ अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ ।निर्माणाधीन अस्पतालका सञ्चालक अध्यक्ष राजेन्द्र राउत रहेका छन् । उनी लामो समयदेखि विभिन्न उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षको रुपमा कार्यरत राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघका स्थायी समिति सदस्य तथा सार्क चेम्वर अफ कमर्शका कार्यसमिति सदस्य समेत रहेका छन् ।

प्रकाशित : ५ पुष २०८०, बिहीबार १२:२७