सामाजिक सुरक्षा कोषको सञ्चालकमा भण्डारी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सामाजिक सुरक्षा कोषको सञ्चालकमा भण्डारी नियुक्त



काठमाडौं । सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यमा बैंकर राजनसिंह भण्डारी नियुक्त भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भण्डारीलाई मंसिर पहिलो सातानै उक्त पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक भण्डारीसँग लामो समय बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनी केही समयअघि मात्रै सिटिजन्स बैंक इन्टरनेशनलको अध्यक्षबाट बाहिरिएका हुन् । सिटिजन्स बैंकको स्थापना भएदेखि सीईओ पदमा रहेका उनी बैंकर्स संघको अध्यक्ष समेत भएका छन् ।

प्रकाशित : २७ मंसिर २०८०, बुधबार १४:४१