निफ्राकाे साधारणसभा पुस १७ गते, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निफ्राकाे साधारणसभा पुस १७ गते, बुक क्लोज कहिले ?



काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आगामी पुस १७ गतेका लागि पाँचौ वार्षिक साधारणसभा बोलाएको छ । सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्तापूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश पारित गर्ने मूख्य प्रस्ताव रहेको छ । त्यस्तै सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु छनोट गर्न निर्वाचन समेत गर्नेछ ।

यसैगरी, सभाले चालू आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह स्थिति लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। आगामी पुस ५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र नगद लाभांश प्राप्त गर्न सक्ने छन् ।

प्रकाशित : १५ मंसिर २०८०, शुक्रबार १०:४२