काठमाडौँ महानगरपालिकाद्वारा ए एण्ड बि वेभरेजलाई एक लाख जरिवाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

काठमाडौँ महानगरपालिकाद्वारा ए एण्ड बि वेभरेजलाई एक लाख जरिवाना



काठमाडौं । पिउने पानीको मिनिरल वाटरभित्र किरा भेटिएपछि काठमाडौँ महानगरपालिकाले कागेश्वरी स्थित मनहरा-६ मा रहेको ए एण्ड बि वेभरेज इन्ड्रष्ट्रिज प्रा.लि लाई एक लाख रुपैंया जरिवाना गरेको छ । कामपाले आज गरेको बजार अनुगमनका क्रममा पिउने मिनिरल बोतलको पानिमा किरा फेला परेपछि उक्त उत्पादक कम्पनीलाई कारबाही स्वरुप एक लाख जरिवाना गरिएको कामपा जनाएको छ ।

बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ अनुसार कारबाही गरिएको हो । उक्त जरिनावा रकम आगामी एक साताभित्र बैंक खातामा जम्मा गर्न कामपाले आग्रह गरेको छ । तोकिएको समय सीमाभित्र जरिवाना रकम नबुझाए सोही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने कामपाले स्पष्ट पारेको छ ।

अनुगमन टोलीले अब उप्रान्त बोतल प्याक गर्दा राम्ररी ध्यान दिने, खानेपानि भर्नुअघि निर्मलीकरण गर्नुपर्ने लगाएतका निर्देशन दिएको छ ।

प्रकाशित : ११ मंसिर २०८०, सोमबार १५:३२