काठमाडौं । बुधबार विभिन्न २ संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक र आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंसिर ६ गते अन्तिम दिन हो ।
यी २ संस्थाले साधारणसभा तथा लाभांश प्रयोजनार्थ मंसिर ७ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा आजसम्म सेयर खरिद गर्नेले यी २ संस्थाको लाभांश प्राप्त गर्नेछन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको कर प्रयोजन सहित १९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले ३७औं वार्षिक साधारणसभा मंसिर २४ गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा दिउसो ३ बजे बोलाएको छ ।
यस्तै, आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूजीको ८।६० प्रतिशत बोनस सेयर र ०।४५ प्रतिशत नगद गरी कूल ९।०५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । लघुवित्तले मंसिर १५ गते १०औं वार्षिक साधारणसभा डोकेको छ ।





Comment