नागरिक लगानी कोषको नाफा १३.८ प्रतिशत बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नागरिक लगानी कोषको नाफा १३.८ प्रतिशत बढ्यो



काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कोषले कुल २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कोषले गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको सेयर पुँजी पनि बढेको छ । कम्पनीको यस्तो पुँजी गत वर्षको असोज मसान्तसम्म ४ अर्ब २५ करोड रहेकोमा यो असोज मसान्तमा ५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

एक वर्षको अवधिमा कम्पनीको खुद कोष मौज्दात पनि २ खर्ब ५१ करोडबाट बढेर २ खर्ब २३ अर्ब रुपैयाँ बराबर पुगेको छ । कम्पनीको नाफा बढे पनि प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा वषिर्क प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९० पैसा रहेकोमा अहिले १९ रुपैयाँ ९४ पैसा कायम भएको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँबाट खुम्चेर १५९ रुपैयँ ७९ पैसा कायम भएको छ ।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलवार १३:३८