साल्ट ट्रेडिङ कर्पोरेसनको यस्तो छ वित्तिय विवरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साल्ट ट्रेडिङ कर्पोरेसनको यस्तो छ वित्तिय विवरण



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कर्पोरेसनले १ करोड ९१ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २१२.९६ प्रतिशत धेरै हो ।

गत वर्षको असोजसम्म यसले ६१ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो । यसको आम्दानी बढ्दा नाफा पनि बढेको हो । गत वर्ष १ अर्ब ५४ करोड ४५ लाख ५० हजार रुपैयाँ रहेको बिक्री आम्दानी अहिले बढेर २ अर्ब ९२ करोड ९० लाख २२ हजार पुगेको छ । यसको अन्य आम्दानी १ करोड ३ लाखबाट बढेर १ करोड १० लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

असोजसम्म कम्पनीले ११ करोड ९२ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । गत वर्ष उक्त खर्च १० करोड ४७ लाख १२ हजार रुपैयाँ थियो । यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५३ पैसा ९वार्षिकीकरण० रहेको छ । यता, प्रतिसेयर नेटवर्थ भने ४०७ रुपैयाँ १९ पैसा छ । हाल साल्ट ट्रेडिङको चुक्ता पुँजी २७ करोड ८८ लाख ८४ हजार ३०९ रुपैयाँ छ ।

यसको जगेडा तथा मुनाफा शीर्षकमा १ अर्ब ३२ करोड ७० लाख ४७ लाख रुपैयाँ जम्मा रहेको छ ।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलवार १३:३१