हिमालयन रि इन्स्योरेन्सको आईपीओ निष्काशन प्रकृयामा आर्थिक चलखेल,रोक लगाउन लेखा समितिको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन रि इन्स्योरेन्सको आईपीओ निष्काशन प्रकृयामा आर्थिक चलखेल,रोक लगाउन लेखा समितिको निर्देशन



काठमाडाैं । हिमालयन रि इन्स्योरेन्सको आईपीओ निष्काशन प्रकृया रोकिएको छ । सार्वजनिक लेखा समितिले आर्थिक चलखेल गरेको भन्दै उजुरी परेपछि समितिले धितोपत्र बोर्डसँग तत्कालका लागि रोक लगाएको हो ।

कम्पनीलाई प्रिमियम मूल्यमा निष्काशन स्वीकृति दिएका आईपीओको सबै फाइल झिकाउन निर्देशन दिनुका साथै तत्काल कुनै पनि आईपीओ प्रिमियम मूल्यमा जारी नगर्न निर्देशन हो ।

एक हप्ताभित्र पत्रको जवाफसहित उपस्थित हुन बोर्डलाई समितिको निर्देशन छ । के को आधारमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिइयो यस विषय जवाफ दिन बोर्ड अध्यक्ष रमेश हमाल सहित बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसँग जवाफ माग गरेको छ ।

प्रकाशित : 5 November, 2023 5:31 pm