पर्यटनमा बढ्दै छ उत्साह, एक महिनामै भित्रिए एक लाख १७ हजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

पर्यटनमा बढ्दै छ उत्साह, एक महिनामै भित्रिए एक लाख १७ हजार



काठमाडौं । नेपालमा पछिल्लो समय विदेशी पर्यटकको आगमन उत्साहजनक रुपमा बढेको छ । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्यांक अनुसार अक्टोबर महिनामा मात्रै एक लाख १७ हजार ३०६ विदेशी पर्यटक नेपाल आएका छन् । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो ।

यसअघि कोभिड शुरु हुनुभन्दा अगाडि अर्थात् सन् २०१९ को अक्टोबरमा १ लाख १३ हजार ८ सय १६ जना पर्यटक आएका थिए । बोर्डका अनुसार अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार ४८० पर्यटक नेपाल आएका छन् ।

त्यस्तै, अमेरिकाबाट १४ हजार ८७९ जना, बेलायतबाट ८ हजार २१७ जना, चीनबाट ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६ र फ्रान्सबाट ५ हजार २७१ जना पर्यटक नेपाल आएका छन् । सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा ८ लाख ९ हजार ६ सय ७८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

प्रकाशित : १५ कार्तिक २०८०, बुधबार १५:१७