विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन समितिबाट पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन समितिबाट पारित



काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन पारित गरेको छ । समितिको बुधबारको बैठकले उक्त मस्यौदा प्रतिवेदन पारित गरेको हो।

अब यसलाई राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रस्तुत गरिने समिति सभापति जयन्ती राईले जानकारी दिइन् । राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि समितिमा दफावार छलफल भइसकेको छ ।

विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेको छ । अब विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन गर्न तथा व्यवस्थित र विश्वसनीय बनाउँदै प्रवद्र्धन गर्न सरकारले विद्युतीय व्यापार ऐनको प्रस्ताव गरेको हो ।

प्रकाशित : १५ कार्तिक २०८०, बुधबार १३:३१