सगरमाथा म्युजिक अवार्ड २०८० सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सगरमाथा म्युजिक अवार्ड २०८० सम्पन्न



काठमाडौं । सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० भब्य रुपमा सम्पन्न भएको छ । राजधानी काठमाडौंमा नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो ।

अवार्डमा वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद रु.१७ हजार ६९६ सहित सम्मान गरिएको थियो । सम्मान प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, वरिष्ठ कलाकार शुसिल पोखरेल, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए । ज्योती विकास बैंकको प्रस्तुती रहेको कार्यक्रमलाई साहारा ग्रुपले मुख्य प्रायोजन गरेको थियो भने टोखा नगरपालिकाले सहकार्य गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश अधिकारीले कलाकार र सञ्चारकर्मीको सम्मान गर्न पाउँदा आफु हर्षित भएको बताए । साथै आगामी दिनमा पनि अवार्ड कार्यक्रममा सहकार्य गर्ने प्रतिबद्धता जनाए । कलाकार राष्ट्रको गहना भएको हुँदा सबैले सम्मान गर्नु पर्ने बताए ।

त्यसैगरी वरिष्ठ पत्रकार अनन्त वाग्लेलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान नगद ८ हजार ८४८ सहित सम्मान गरिएको थियो । त्यसैगरी सगरमाथा कला पत्रकारिता सम्मान सुकृत नेपाल, सानुकाजी श्रेष्ठ, कमला जोशी, राजु बोहोरा, रधुनाथ सापकोटालाई प्रदान गरिएको थियो । सगरमाथा रेडियो पत्रकारिता सम्मान विजन दुवाडीलाई प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ संगीतकार राजकुमार बगरलाई सगरमाथा संगीत साधना सम्मान गरिएको थियो । व्यवसायी शम्भु श्रेष्ठलाई सगरमाथा सम्मान प्रदान गरिएको थियो। त्यसैगरी निपेश ढाकालाई सगरमाथा कला सम्मान प्रदान गरिएको थियो ।

अवार्ड कार्यक्रममा सगरमाथा कला सम्मानबाट सम्झना बुढाथोकी, मञ्जिता केसी, रमिता भण्डारी, नारायण थापा, नन्दराम परियार, प्रविन भुषाल, प्रतिक्षा काफ्ले, धुर्व हिमाली, नकुल थापा, सुमन परियार, टेकबहादुर बोगटी, कमल अधिकारी, भद्र वलीलगायतलाई सम्मान गरिएको थियो ।

अवार्ड कार्यक्रममा नेपाली गीतसंगीतका चर्चित एंव हस्तीहरुको उपस्थीति रहेको थियो । कार्यक्रमलाई मेगा टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रकाशित : २८ आश्विन २०८०, आईतवार १३:००