दाेहाेराे अंकले घट्याे सेयर बजार, काराेबार रकममा सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दाेहाेराे अंकले घट्याे सेयर बजार, काराेबार रकममा सामान्य सुधार



काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। बुधबार सामान्य अंक बढेको बजार आज पुनः घटेको हो । बिहीबार नेप्से परिसूचक २०.१६ अंक घटेर १८७४.६० विन्दुमा झरेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.९५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन एक अर्बको सेयर कारोबार भएको बजारमा आज २९२ कम्पनीको ७५ लाख ५८ हजार कित्ता सेयर किनबेच हुदाँ एक अर्ब ७० करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार भगवती हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट र एनआबीएल ग्रोथ फण्डको सेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । कारोबारमा आएको सिटि होटलको मूल्य भने आज सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। बैंकको आज १६ करोड ३८ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ।

प्रकाशित : २५ आश्विन २०८०, बिहीबार १५:३८