कल्याणकारी साकोसले १३ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कल्याणकारी साकोसले १३ प्रतिशत लाभांश दिने



ललितपुर । ललितपुरको लुभुमा रहेको कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको कुल वासलात १ अर्ब ९१ करोड ४० लाख पुगेको छ । संस्थाको ३० औं बार्षिक साधारण सभामा अध्यक्ष देवी श्रेष्ठले अध्यक्षको तर्फबाट मन्तव्य राख्दै सो कुरा जानकारी दिइएकी हुन् ।

संस्थामा गत असार मसान्तसम्म ६ हजार ९९१ जना सदस्य पुगेको र सदस्यहरुको विश्वासका कारण संस्थाको कारोबारमा समेत वृद्धि भएको उनले बताईन् । संस्थाले अर्थतन्त्रको संकुचनको अवस्थामा पनि १२ करोड ४ लाख रुपैया कुल सम्पत्तिमा वृद्धि गर्न सकेको उनले सभामा जानकारी दिईन् । संस्थाले गत आर्थिक बर्षमा ७ करोड १७ लाख ६० हजार शुद्ध नाफा आर्जन गर्न सकेको छ भने सदस्यहरुलाई १३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय सभाले गरेको छ ।

संस्थाका सचिव प्रभुराम थापाले आर्थिक बर्ष २०७९ / ८० को बार्षिक प्रतिवेदन तथा चालु आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेको थिए । संस्थाले गत बर्ष वृक्षारोपन, स्वास्थ्य शिविर, सदस्य अन्तरक्रिया अध्ययन भ्रमण र क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । संस्थाले राहत कोष मार्फत सदस्यहरुको मृत्यु हुँदा मृतकको परिवारलाई १५ हजार प्रदान गर्दै आएको छ भने सदस्य विरामी भई अस्पतालमा भर्ना भएर उपचार गरेमा ७ दिनको अस्पताल भर्ना शुल्क उपलब्ध गराउँदै आएको छ । गत बर्ष १८२ जनालाई ८ लाख ३२ हजार अस्पताल भर्ना शुल्क उपलब्ध गराएको संस्थाले जनाएको छ ।

संस्थाको कोषाध्यक्ष सुधिर पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आ.ब.को असार मसान्तसम्म शेयर पुँजी १७ करोड १४ लाख ९४ हजार , बचत संकलन १ अर्ब २० करोड ७ लाख , जगेडा कोष ३१ करोड ३५ लाख र ऋण लगानी १ अर्ब ५३ करोड ४७ लाख पुगेको सभामा जानकारी दिए । संस्थाले संरक्षित पुँजी फिर्ता कोषमा १ करोड ७२ लाख ८ं१ हजार विनियोजन गरेको छ ।

प्रकाशित : 11 October, 2023 1:50 pm