सानिमा बैंकको लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा बैंकको लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम दिन



काठमाडौं : सानिमा बैंकको लाभांश पाउन सेयरधनी बन्ने आज सोमबार असोज २२ गते अन्तिम दिन हो । साधारण सभा प्रयोजनार्थ सानिमा बैंकले सोमबार असोज २२ गते १ दिनका लागि बुक क्लोज गर्ने भएको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँनेछन् ।

लाभांश प्रस्ताव पारित गर्न सानिमाले कात्तिक २ गते साधारण सभा आव्हान गरेको छ । सभा, कुण्डलिनी दरबार ब्यांकेट, चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले यसपटक सेयरधनीलाई ९% बोनस सेयर र कर प्रयोजनसहित ५.७०% नगद गरी कुल १४.७०% लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव उक्त साधारण सभाले पारित गर्ने एजेन्डा रहेको छ । साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पेश हुनेछ ।

प्रकाशित : 8 October, 2023 7:14 am