राष्ट्र बैंकले शेयर कर्जामा लिएको नीतिः हात्तीको मुखमा जीरा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले शेयर कर्जामा लिएको नीतिः हात्तीको मुखमा जीरा



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशिका मार्फत शेयर बजारमा जाने कर्जाको सीमालाई बढाएको छ। राष्ट्र बैंकले सेयर धितो कर्जाको क्याप संसोधन गर्दै व्यक्तिगततर्फ १५ करोड र संस्थागतलाई २० करोड कायम गरेको छ । केन्द्रीय बैंकले बढाएको सिमालाई लगानीकर्ताहरुले हात्तीको मुखमा जीरा हुने बताएका छन्।

सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले एकीकृत निर्देशनमा भएको संशोधनलाई सकारात्मक ढंगले नै लिनुपर्ने बताउँछन्। ‘चौतर्फी दबाबपछि राष्ट्र बैंकले सेयर कर्जा, घर–जग्गा कर्जा र अटो कर्जामा केही लचिलो व्यवस्था ल्याएको छ’,उनले भने, ‘यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।’

सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल पनि एकीकृत निर्देशनमा भएको संशोधनलाई सकारात्मक ढंगले नै लिनुपर्ने बताउँछन्। ‘चौतर्फी दबाबपछि राष्ट्र बैंकले सेयर कर्जा, घर–जग्गा कर्जा र अटो कर्जामा केही लचिलो व्यवस्था ल्याएको छ’, उनले भने, ‘यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।’

इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियाले सेयर धितो कर्जामा १२ करोडको क्याप हटाउनुपर्छ भन्ने माग गरेका थियौँ, त्यो पूरा भएन’, उनले भने, ‘तर, कर्जाको सीमा बढाएर व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोड रुपैयाँ पुर्याइएको छ। यो निति हात्तीको मुखमा जीरा जस्तै भएको छ । तर केहि नभएको बजारमा केहि भनेपनि पाएका छौं । यसैलाई आत्मसात गर्दै यसलाई सकारात्मक ढंगले नै लिनुपर्छ।’उनले भने, आफुहरुको माग अर्थमन्त्रालयले पुँजीगत लाभकर कर ३ प्रतिशत ५ प्रतिशत बनाउने, सेवोनबाट कमिसन घटाउने कुरा, राष्ट्र बैंकले जोखिम भार घटाउनुपर्ने माग सम्बोधन भएका छैन् । आशा छ विस्तारै यी मागहरुपनि पुरा हुनेछ ।

राष्ट्र बैंकले सेयर धितो कर्जाको क्याप संसोधन गर्दै व्यक्तिगततर्फ १५ करोड र संस्थागतलाई २० करोड कायम गरेको छ । राष्ट्र बैंकको चेपुवा नितीबाट थिलथिलो बनेको पुँजी बजारमा समय समयमा लिने निति नियमको परिवर्तन हेर्दा खर्बौंको बजारसँग लंगुर्बुर्जाको जस्तो ब्यवहार गर्ने गरेको छ ।

त्यसैगरी सेयर बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्ररेलले नेपालको सेयर बजारमा टुकुटुक हिँड्न थालेको समयमा नियामक निकायबाट बेला बेलामा ‘बेमौसमी बाजा’ बजाउँने गर्दा आमलगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्या देखा पर्दै आएको बताएकी छिन् ।

धेरै समय देखि राष्ट्रबैंकको नितिको मारमा रहेको सेयर बजारमा कतिपय बजारविरोधी व्यवस्था, नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताड़ित लगानीकर्ता चारै तिर बाँट थिलथिलो हुदै गएको पुँजी बजारमा ब्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धा लगायतका कारणले बजार घटिरहँदा धेरै लगानीकर्ता अलमलमा छदैछन् त्यस्को बाबजुद लगानीकर्ता हरुलाई चर्याई रहेको घाँउमा राष्ट्रबैंकले थप नुन चुक छर्किएको उनले बताएकी छिन् ।

लगानीकर्ता नयन बास्कोटाले राष्ट्र बैंकलेच्यापेर अरबाैको बजारमा ३ करोडको हिसावले व्यवहार गर्नु भनेको गभर्नरको बजारप्रतिको हेराइनै खराब रहेको उनको बुझाइ छ । उनले भने, -‘ अर्थमन्त्री, राष्ट्र बैंकले अगाडीका दिनहरुमा आफुहरुले गरेको गल्तीलाई अहिले आएर थोरै भएपनि केहि सुधार भएको महशुस गरिएको छ ‘। आउदा दिनमा बजारले सकारात्मक बाटो लिने बास्कोटाको अपेक्षा छ ।

त्यस्तै अर्का सेयर लगानीकर्ता मुक्ति अर्यालले लगानीकर्ता, उधमी र व्यापारीले बाध्य भएर श्रीलंकाको तरिका अपनाऊनुपर्ने अबस्था आएको बताउछन् । उनी भन्छन्, ‘अब अर्को उपाय नै रहेन। यति गर्न नसक्ने हो भने लगानीकर्ताहरुले चर्को स्वर गर्न आबश्यक छैन। चुपचाप टुलुटुलु हेरेर बस्दा हुन्छ’।

उनले सरकारले परिमार्जन गरेको निति झारा टार्ने जस्तो भएको उनको भनाइ छ । उनले भने,’हामीले १२ को क्याप हटाउनुपर्छ भन्याै, तर राष्ट्र बैंकले बढाएर १५ करोडमा पुर्यायो यसलाई सरकारले अर्थतन्त्र र पुँजीबजारसंग खेलाची गरेको छ’ । यो नितिबाट सबैलाई खुसी पार्न नसक्ने अर्यालले बताए ।

उनले अर्थतन्त्र संकुचनमा रहेको बेला गाठो फुकाउनु भन्दा लगानीकर्ता अलमल बनाउने खालको देखिएको भन्दै व्यक्तिगत पुँजी १५ र संस्थागत पुँजी २० पुर्याएर खासै सकारात्मक ल्याउनेमा आफु आशावादी नरहेको बताए ।

प्रकाशित : 6 October, 2023 12:12 pm