असोज १० गतेदेखि जुत्ता चप्पल मेला हुँदै, ११ कम्पनी र ब्रान्डहरूको सहभागिता रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

असोज १० गतेदेखि जुत्ता चप्पल मेला हुँदै, ११ कम्पनी र ब्रान्डहरूको सहभागिता रहने



काठमाडौं । ललितपुरको जावलाखेलमा असोजको १० गतेदेखि ‘ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८०’ को आयोजना हुने भएको छ । नेपाली जुत्ता चप्पल उत्पादक समुहले आइतबार एक कार्यक्रमको आयोजना गर्दै दशैं लक्षित गरेर जुत्ता चप्पल मेला आयोजना हुन लागेको जानकारी दिएको हो ।

‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारा सहित आयोजना हुन लागेको सो मेला असोजको १० गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।

स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरूको बिचमा परिचित गराउने उद्देश्यसहित मेला आयोजना हुने भएको मेला संयोजक होमनाथ उपाध्यायले बताए । वडादशैं पर्व लक्षित यो मेलामा नयाँरनयाँ डिजाइनका जुत्ता चप्पल आकर्षक मूल्यमा उपलब्ध हुने पनि उपाध्यायले जानकारी दिए । उनका अनुसार मेला बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहनेछ ।

मेलामा तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध हुने पनि बताइएको छ । आयोजक टिमले मेलामा नेपाली र गुणस्तरीय उत्पादनका जुत्ता चप्पल रहने पनि बताइएको छ । उपाध्यायले नयाँ उत्पादनहरु उक्त मेलामा लन्च गरिने बताउँदै मेला अवधिभर न्यूनतम २० प्रतिशतदेखि कतिपय उत्पादनहरूमा ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको पनि बताए ।

आयोजक टिमले मेला अवधिभरमा तीन लाख अवलोकनकर्तालाई अवलोकन गराउने लक्ष्य आयोजक टिमले राखेको छ । मेलामा निःशुल्क प्रवेश गर्न सकिने छ ।

मेलामा नेपालमा स्थापित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरूका जुत्ता तथा चप्पल रहने छ । मेलामा रोयल शु इण्डष्ट्रिजको रोयल शुज, वेश फुटवेयरको वि।एफ डियर हिल र वि।एफ स्पोर्ट, लालिगुरास फुटवेयरको( क्रस रोड शुज, शुभकामना फुटवेयरको (फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल, आर।डि।कलेक्सनको – हाई लाईफ, केटिएम शुजको(केटिएम, डि।जे। शुज कम्पनीको( डि।जे। शुज, फुड फेशनको – वेली शुज, सर अनिल ट्रेड लिंक्सको-उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरी ११ वटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहनेछ ।

प्रकाशित : ७ आश्विन २०८०, आईतवार २०:५१