बाबियाखर्क साकोसको २७ औं वार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बाबियाखर्क साकोसको २७ औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाको २७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षतामा शनिबार आयोजित सभा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

वार्षिक साधारण सभामा संस्थामा विभिन्न बिधामा योगदान गर्ने सदस्यहरुलाई सम्मान गरेको थियो । वार्षिक साधारण सभामा कवि बलराम दाहालले कबवता वाचन गर्नुभएको थियो ।

सभामा संस्थाका सचिब हरिप्रसाद घिमिरेले संचालक समितिको प्रतिवेदन, कोषाध्यक्ष तीर्थराज घिमिरेले आर्थिक प्रतिवेदन, संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक गोबिन्द प्रसाद घिमिरेले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थामा २०८० असार मसान्त सम्ममा ४ हजार १ सय ७८ शेयर सदस्य आवद्ध बनेका छन् । त्यसैगरी संस्थाले ४२ करोड ८५ लाख ५० हजार २ सय ३२ रुपैंया पूँजी संकलन गरेको सभामा जानकारी गराइएको छ । संस्थाको काठमाडौंको शान्तिनगरमा मुख्य कार्यालय र जोरपाटीमा सदस्य सेवा केन्द्र रहेको छ ।

सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले नेपालको अर्थतन्त्रमा सहकारीले पुर्याएको योगदानको चर्चा गर्दै सदस्य र संस्था दुबैका लागि क्रमिक प्रकृतिका बचत गर्नुपर्नेमा जोड दिनुभयो । सभामा काठमाडौं ३१ का वडा अध्यक्ष सरोज ढकाल, वडा सदस्य अशोक के सी, सहकारी बिज्ञ केशवबहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित : 24 September, 2023 2:48 pm