काठमाडौं । बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ २२ पैसा कायम भएको छ । यस्तै, खरिददर १३२ रुपैयाँ ६२ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलरको भाउ केही सम्हालिएको हो । बुधबार १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ५४ पैसा कायम भएको थियो ।
यस्तै, खरिददर पनि १३२ रुपैयाँ ९४ पैसा कायम भएको थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) निरन्तर कमजोर बन्दै गएको छ । बलियो अमेरिकी डलर र कच्चा तेल मूल्य उच्च हुँदा भारुमा दबाब परेको हो । भारुसँग नेरुको स्थिर विनिमयदर छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । आयात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।
Comment