सन नेपाल लाइफको आईपीओ नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सन नेपाल लाइफको आईपीओ नेप्सेमा सूचीकृत



काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीले सर्वसाधारणमा जारी गरेको आईपीओ मंगलबार सूचीकृत गरेको हो ।

नेप्सेका अनुुसार सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी समेत) मा जारी गरेको तीन करोड २० लाख कित्ता शेयर सूचीकृत गरेको हो । नेप्सेमा कम्पनीको सिम्बोल एसएनएलआइ रहेको छ ।

नेप्सेले कम्पनीको आईपीओको ओपन रेञ्ज न्यूनतम १५८ रुपैयाँ २१ पैसा देखि अधिकतम ४७५ रुपैयाँ २३ पैसा तोकेको छ । कम्पनीको आईपीओ बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित : २ आश्विन २०८०, मंगलवार १२:५५