चौधरी ग्रुप र अदानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चौधरी ग्रुप र अदानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी



काठमाडौं । नेपालको प्रतिष्ठित व्यवसायिक घराना चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यवसायिक घराना अदानी ग्रुपबीचदुई देशवीचमा सिमेन्ट विजनेशको अभिवृद्धिका लागि रणनीतिक साझेदारीका लागि सहमति भएको छ ।

नेपाल र भारतवीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उदेश्यका साथदुई देशका प्रतिष्ठित व्यवसायिक घरानाले सिमेन्ट विजनेशमा नयाँ अध्याय शुरू गरेका हुन् ।

नेपालसँग जोडिएका छिमेकीभारतीय राज्यहरुमासिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले गरिएको यस साझेदारीले चौधरी ग्रुपको यस क्षेत्रको उन्नति र प्रगतीप्रतिको अटल समर्पणलाई दर्शाउँछ ।

यस अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले कृतज्ञता व्यक्त गर्दै यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उदेश्यमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

‘यस रणनीतिक सहकार्यमार्फत हामीआर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदानदिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ’ प्रवन्ध निर्देशक चौधरीले भने ।

यस सहमतिले चौधरी ग्रुप र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दर्शाउँदै दुवै व्यापारिक समूहहरु सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडि बढेका छन् । साझा मुल्यमान्यता र आकांक्षा प्रतिबिम्बित गर्दै प्रगति, समृद्धि र सुदृढ द्विपक्षीय सम्बन्धको भविष्यका लागि प्रतिबद्ध रहदै थपआर्थिक सम्बन्धहरुलाई बढावा दिनेतर्फ यस सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समूहले लिएका छन् ।

प्रबन्ध निर्देशक चौधरीले अदानी समूहसँग यवसायिक सहकार्य गर्ने अवसरको लागि धन्यवाद व्यक्त गरे । उनले अदानी ग्रुपका चेयरपर्सन गौतम अदानीलाई यस रणनीतिक साझेदारीलाई सफल बनाउन नेतृत्वदिई भूमिका खेनु भएकोमा र अटल समर्थनको लागि आभार व्यक्त गरे ।

हालैमात्र वरुण चौधरी मालदिभ्समा रहँदा गम्भिर दुर्घटनाको समयमा गौतम अदानीबाट भएको सहयोगले उनको जीवनमा ठुलो महत्व राखेको कुरा पनि स्मरण गरे ।

अदानी ग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास पनि दुवै पक्षको छ । चौधरी ग्रुप दशकौँदेखि औद्योगिक र व्यापारिक विरासत बोकेको नेपालको प्रतिष्ठित औद्योगिक घराना हो ।

प्रकाशित : २१ भाद्र २०८०, बिहीबार १८:०४