एनएमबि बैंकबाटै एनएमबिको खुलामुखी योजनाको एसआईपी सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएमबि बैंकबाटै एनएमबिको खुलामुखी योजनाको एसआईपी सेवा



खुलामुखी सामुहिक लगानी कोष योजना ‘एनएमबि सरल बचत फण्ड – इ’ ले एनएमबि बैंकलाई वितरक अर्थात् एजेन्ट तोकेको छ। एनएमबि क्यापिटलले संचालन गरिरहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत यो फण्ड संचालनमा रहेको छ ।

एनएमबि बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि सरल बचत फण्ड इ नामक खुलामुखी योजना सचालनमा रहेको छ ।

यस फण्डको सेवाहरु सहज, व्यवस्थित तथा प्रभावकारी रुपमा प्रवाह गर्ने उद्देश्यका साथ एनएमबि बैंक तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत योजनाको व्यवस्थित लगानी योजना Systematic Investment Plan (SIP) लगायत अन्य सेवाहरु प्राप्त गर्न सकिने गरी बैंकलाई योजनाको वितरक (एजेन्ट) को रुपमा नियुक्त गरिएको क्यापिटलले जनाएको छ।

SIP रकम स्वतः बैंक खाताबाट भुक्तानी गर्न एनएमबि बैंकको Standing Instruction (SI) सेवा प्रयोग गर्न सकिने समेत क्यापिटलले जनाएको छ ।

प्रकाशित : 5 September, 2023 10:46 am