सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित



काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज ९सेजन०को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । सेजनको शनिबार राजधानीमा सम्पन्न २५ औं र्वािर्षक साधरण सभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएका हुन।

ओलिले ९९ भोट निकटतम प्रतिद्वन्दी शिरोमणी ढुङ्गानाले ९६ मत प्राप्त गरेका छन्। साधारणसभाले उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन् । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भएका हुन् । प्रत्यासी भागवत भट्टराईले ११५ मत प्राप्त गरेका छन् ।

यसैगरी सेजनको महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित भएका छन्। सचिवमा सोभित थपलिया निर्वाचित भएका छन् । थपलियाले १०६ मत पाएका छन् । कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका छन्।

सेजन सदस्यहरूमा केशु लामिछाने १८८ मत, हेमन्त जोशी १७९, ममता थापा १५६, छवि सापकोटा १२८, वसन्तराज उप्रेती १४५ मत सहित निर्वाचित भएका छन् । सेजनको निर्वाचनमा कुल २७१ मध्ये २५२ मत खसेको थियो ।

प्रकाशित : १७ भाद्र २०८०, आईतवार ११:२६