माटोको सातौं स्टोर बुढानिलकण्ठमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

माटोको सातौं स्टोर बुढानिलकण्ठमा



काठमाडौं । विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको माटो ब्राण्डको सातौँ स्टोर बुढानिलकण्ठमा खुलेको छ । गत शुक्रबार काठमाडौँ बुढानिलकण्ठस्थित देउवा चोकमा माटो ब्राण्डको सातौँ स्टोर सञ्चालनमा आएको हो ।

माटो ब्राण्डको बुढानिलकण्ठको नयाँ स्टोरसँग अब माटो ब्राण्डको स्टोर संख्या ७ पुगेको हो । माटोले आत्मनिर्भरताको अभियान र नेपाली उत्पादनलाई नेपाली ग्राहकहरुको घरदैँलोमा पु-याउने नयाँ अध्यायलाई थप एक पाइला गति लिएको छ । माटोले सबै स्थानिय ग्राहकवर्गलाई ताजा र जनस्वास्थ्यको दृष्टिकोणले गुणस्तरीय उत्पादनहरुको स्वाद लिन सक्ने भएका छन् ।

माटोको मूल्यमान्यता र लक्ष्यहरु आत्मसात गर्ने समुदाय र ग्राहकलाई उत्कृष्ट छुट र बिशेष उपहारको व्यवस्था गरिएको छ । स्थानीय किसानहरू सफल बनाउन र कृषिमा बलियो राष्ट्र बनाउने मान्यता माटोले लिएको छ । माटोले उपभोक्ताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर मात्र नेपाली र रसायनिक मल तथा विषादी प्रयोग नगरिएका उत्पादनलाई मात्र उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।

माटो ब्राण्डका अध्यक्ष पवन कुमार गोल्यानले किसानले आफ्नो उत्पादनको उचित मूल्य नभएको थाहा पाएर अर्गानिक कृषि उत्पादन र बजारीकरणको यात्रामा लागेको बताए । उनले किसानका भोगाई र सङ्घर्षको जिवन्त राखिराख्न किसान र उपभोक्ताबीच प्रत्यक्ष कारोबार स्थापना गर्न माटोको स्थापना गरिएको बताए। उनले माटोको स्थापना २०७५ सालमा किसानको उत्थान र राष्ट्रलाई उत्प्रेरित गर्ने ठोस लक्ष्य लिएको पनि बताए ।

उनले मानव जीवनलाई स्वास्थ्य र तन्दुरुस्त बनाउने क्षमताको अभिवृद्धि गर्न गरी मुख्य केन्द्रविन्दु माटोको मान्यता रहेको बताए। माटोको आरम्भिक प्रस्तावहरू गोल्यान एग्रो फार्मबाट अर्गानिक रूपमा उत्पादित फलफूल र तरकारीमा आधारित, विषादिरहित उत्पादनहरूको प्रवर्द्धन गर्ने ब्रान्डको रुपमा परिचित गर्ने हो । माटोले वातावरणमैत्री खेती विधि प्रवर्द्धकको रूपमा जैविक खेतीलाई प्रोत्साहित गरेर, विषादियुक्त रसायन वा मल प्रयोग गरेर उत्पादन गर्ने बिधिलाइ निरुत्साहित गर्दछ भन्ने माटोको विश्वास छ ।

माटोले देश भरका स्थानीय फार्महरू बाट स्रोत गरिएका प्रत्येक उत्पादनले र प्रामाणिक स्वाद झल्काउछ। लाङ्ग्टाङ्गको मुसुरो दाल, गोसाइकुण्डको स्प्रिंग वाटर, चितवनको मह, ईलामको शुद्ध गाईको घ्यु र अन्य धेरै यस्ता स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन माटोले प्रोत्साहन गरिरहेको छ । माटो ब्रान्डको अर्को उद्देश्य आयातित कृषिजन्य उपजहरुको मात्रा घटाउनु पनि रहेको छ।

माटोले यसअघि काठमाडौँको बानेश्वर, नक्साल, नारायणथान, गोल्फूटार तथा ललितपुरको झम्सिखेल र सानेपा माटोका स्टोरहरु संचालन भइरहेका छन् । माटोले अनलाइन अर्डर अनुसार होम डेलिभरी गरेर पनि घरघरमा नेपाली विषादीरहीत उत्पादन आपूर्ति गरिरहेको छ ।

माटो एक स्वदेशी ब्रान्ड हो जुन नेपालीपन र आत्मनिर्भरताको भावनासँग जोडिएको छ। माटोले आत्मनिर्भरता र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । आत्मनिर्भरतातर्फ अग्रसर गराउने लक्ष्यले स्थापना गरिएको माटो नेपाली किसानका लागि सशक्तिकरणको माध्यम बन्नुका साथै प्रिमियम, जैबीक रूपमा उत्पादनको स्रोतको रूपमा विकास भएको छ ।

माटोका स्टोरहरुमा आशापुरी अग्र्यानिकका उत्पादनहरु पनि खरिद गर्न सकिनेछ । आशापुरी विगत दुई दशकदेखि प्रागारिक उत्पादनमा छुट्टै पहिचान बनाएको ब्राण्ड हो । हाल माटो र आशापुरी दुबै कम्पनी जनता एग्रो एण्ड फरेष्ट्री प्रा.लि. मातहतमा रहेका छन् । माटो स्टोरबाट हाल १२० भन्दा बढी नेपाली कृषि उत्पादन उपलब्ध छन्।

प्रकाशित : ७ भाद्र २०८०, बिहीबार १६:०४