काठमाण्डौ महानगरपालिकाको सञ्चार रजिस्ट्रारमा काफ्ले नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

काठमाण्डौ महानगरपालिकाको सञ्चार रजिस्ट्रारमा काफ्ले नियुक्त



काठमाडौं । काठमाण्डौ महानगरपालिकाको ‘सञ्चार रजिस्ट्रार’ मा महेश काफ्ले नियुक्त भएका छन्। सञ्चार, सूचना तथा तथ्यांक व्यवस्थापनलाई व्यवस्थित गर्न बनेको ‘सञ्चार तथा सूचना ऐन २०८०’ को दफा १८ बमोजिम काफ्लेलाई सञ्चार रजिस्ट्रार पदमा नियुक्त गरिएको हो।

यस दफामा सूचना प्रविधि विभागका प्रमुख सञ्चार रजिस्ट्रार हुने व्यवस्था छ। काफ्ले सूचना प्रविधि विभागको प्रमुखमा सरुवा भएर आएका हुन्। उनले आजै पदबहाली गरेका छन्।

प्रकाशित : ६ भाद्र २०८०, बुधबार १७:१४