ग्रीन भेन्चर्सको नाफामा उल्लेख्य सुधार, अन्य सूचक कस्ताे छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्रीन भेन्चर्सको नाफामा उल्लेख्य सुधार, अन्य सूचक कस्ताे छ ?



काठमाडौं । ग्रीन भेन्चर्सको नाफा बढेको छ। कम्पनीले आर्थिक वर्षको २०७९/८०को चौथो त्रैमासमा ३१ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १९०.३८ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १० करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट पनि ६३.८६ प्रतिशतले आम्दानी बढेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ९४ करोड २५ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो।

कम्पनीको सञ्चालन आम्दानी पनि ६६.५६ प्रतिशतले बढेर ९४ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५६ करोड ४५ लाख रुपैयाँ भएको थियो।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १०.२१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ४.०८ प्रतिशत थियो। पीई रेसियो ३७.७१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०७.२२ रुपैयाँ रहेको छ।

प्रकाशित : ६ भाद्र २०८०, बुधबार ११:५६