सेयर बजारमा हरियाली, एकैदिन १७.६९ अंकले बढ्यो नेप्से परिसुचक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा हरियाली, एकैदिन १७.६९ अंकले बढ्यो नेप्से परिसुचक



काठमाडौं । सेयर बजार परिसूचक १७.६९ अंकले बढेर २ हजार १५.९८ बिन्दुमा पुगेको छ। सोमबार नेप्से परिसूचक २ हजार अंकबाट ओराले लागेको नेप्से आज दोहोरो अंकले बढेर र २ हजार १५.९८ बिन्दुमाका पुगेको हो। यो ०.८८ प्रतिशतको वृद्धि हो।

आज सबै उपसूचकहरुमा हरियाली छाएको छ। सबैभन्दा धेरै वित्त उपसूचक (२.२१ प्रतिशत) का लगानीकर्ताले कमाएका छन्।

मंगलबार २७७ धितोपत्रको ३४ हजार ५०८ वटा कारोबार हुँदा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँको सेयर किनबेच भएको छ।

मंगलबार कुथेली बुखारी स्मल हाइड्रोको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो। यसमा ९.९८ प्रतिशतको वृद्धि भएको हो।

इङ्वा हाइड्रो, माइखोला हाइड्रो, मकर जितुमाया सुरी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोसहितको धितोपत्रका लगानीकर्ताले धेरै कमाए।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ४.४२ प्रतिशतले घटेको छ। सामुदायिक लघुवित्त वित्तीय संस्था, आईसीएफसी फाइनान्स डिभेञ्चर, वीन नेपाल लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ।

प्रकाशित : 22 August, 2023 3:39 pm