विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कामु–प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायधीश नियुक्त गरेका छन् । संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपति पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

उनलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो । प्रधानन्यायधीश नियुक्त श्रेष्ठको आजै संसदीय सुनुवाइ भएको र सर्वसम्मतरुपमा अनुमोदन गरिएको थियो ।

प्रकाशित : ५ भाद्र २०८०, मंगलवार १०:५६