शिवम सिमेन्टको नाफासहित अधिकांश सूचकमा पहिरो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

शिवम सिमेन्टको नाफासहित अधिकांश सूचकमा पहिरो



काठमाडौं । शिवम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीको अधिकांश सूचकमा पहिरो गएको छ।

विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ३० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५६.२१ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ६९ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी पनि १६.२८ प्रतिशतले घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष उत्पादन बिक्रीबाट कम्पनीले ९ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो वर्ष अन्य आम्दानी २१ करोड ५५ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ३६ करोड ३५ लाख रुपैयाँ भएको छ।

चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ कम्पनीको रिजर्भको आकार ४.१२ प्रतिशतले घटेर ३ अर्ब ७१ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म रिजर्भमा ३ करोड ८७ लाख रुपैयाँ थियो।

अघिल्लो वर्ष ईपीएस १५.६७ रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर ६.८७ रुपैयाँमा झरेको छ। यो हिसाबले ईपीएसमा ५६.१६ प्रतिशतको गिरावट आएको छ। प्रतिसेयर नेटवर्थ २०६.२३ रुपैयाँ रहेको छ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलवार ११:३७