लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष लामाले गरे पदभार ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष लामाले गरे पदभार ग्रहण



काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले पदभार ग्रहण गरेका छन्। बिहीबार लामाले लुम्बिनीमा रहेको कोषको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका हुन्।

उनलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्यसचिव सानुराजा शाक्य लगायतले स्वागत गरेका थिए। मन्त्रिपरिषद्ले उनलाई उपाध्यक्षमा मनोनित गरेपछि उनी विवादमा आएका थिए।

प्रकाशित : २५ श्रावण २०८०, बिहीबार १८:१६