काठमाडाै । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको बताए ।
बिहीवार महासंघले आयोजना गरेको आर्थिक नीतिले परिवर्तन गरेका कर नीति र मौद्रिक नीतिको असर विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन । उनले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर क्रमशः जारी भइरहेको बताउँदै निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको बताए । उनले सरकारले ल्याएको बजेट र मौद्रिक नीति दुवैले वर्तमान आर्थिक समस्याको समाधान तत्कालै गर्नेगरी आउन नसकेको बताए ।
उनले भने – ‘अर्थतन्त्रका वर्तमान आर्थिक समस्या तत्काल समाधान गर्नेगरी सरकारले ल्याएको बजेट र मौद्रिक नीति दुवैमा आएन । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर क्रमशः जारी भइरहेको छ । निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको छ ।’ उनले निजी क्षेत्रले घरजग्गा लगायतका विषयमा दिएको सुझावलाई सम्बोधन गरिएको बताए ।
Comment