सेयर बजारमा सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य सुधार



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सुधार देखिएको छ। बजार आज ९.२५ अंकले बढेर परिसूचक २०८६.८४को विन्दुमा उक्लिएको हो।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले बढेर ३९८.२८ को विन्दुमा पुगेको छ। आज नेप्सेमा कारोबार भएका २६९ कम्पनीका ९३ लाख ६१ हजार ७८६ कित्ता सेयर १ अर्ब ८१ करोड २४ लाख ७३ हजार ८५६ रुपैयाँमा किनबेच भएका छन्।

कारोबारमा शिवम सिमेन्टको सर्वाधिक ११ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ।

यो दिन वित्त समूह सर्वाधिक १.६९ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १.४० प्रतिशतले बढ्दा बैंकिङमा ०.८१ प्रतिशत, विकास बैंक समूहमा १.०१ प्रतिशत, लगानी समूहमा ०.०१ प्रतिशत, जीवन बीमा समूहमा ०.३७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०७ प्रतिशत, निर्जीवन बीम समूहमा ०.६० प्रतिशत र अन्य समूहमा ०.३० प्रतिशतको बढोत्तरी भएको छ।

यो दिन लघुवित्त समूह सर्वाधिक ०.२८ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ०.२४ प्रतिशतले घट्दा व्यापार समूहमा ०.०६ प्रतिशतको गिरावट आएको छ।

आज स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरुले धेरै कमाएका छन् भने सुपर मादी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाएका छन् ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार १६:०३